फेसबुकका मालिक अर्थात मार्कका बारेमा कहिल्यै नसुनेका रोचक तथ्य यस्ता छन्

Posted By OS Nepal || Date: 1 December, 2016

mark jukurborgएजेन्सी । मार्क जुकरबर्ग फेसबुकका सिइओ हुन् । ३१ वर्षीय उनी संसारका कान्छा धनीमध्ये एक भएको फोब्र्सले जनाएको छ ।
फोब्र्सका अनुसार २३ वर्षको कलीलो उमेरमा नै कलेज छाडेका जुकरबर्गको सम्पत्ति ३७ बिलियन डलर भन्दा धेरै छ । उनले १९ वर्षको उमेरबाट फेसबुक बनाउन सुरु गरेका हुन् ।

जतिबेला उनलाई पनि केही थाहा थिएन । उनी भन्छन् संसारका सबै मानिस फरक छन्, उनीहरूका चाहना फरक छन् । सबैका धारणा फरक छन्, सबैले विश्वका लागि नयाँनयाँ आविष्कार गर्न सक्छन् । आफ्नो कामलाई ‘युनिक’ सोचेर अगाडि बढ्नुहोस् । हाल ३१ वर्षका भएका उनी थप्छन् छिटो दौडिनुहोस् । छिटो काम गर्ने सोच बनाउनुहोस् ।

जबसम्म तपाईं छिटो दौडिनुहुन्न र काम गर्नुहुन्न, तपाईंले गरेको कामको कुनै महत्व नै हुँदैन । समयमै काम गर्नुहोस् । अन्यथा त्यसले समस्यामा पार्न सक्छ । मैले फेसबुकबारे सोचेको एउटा सानो कोठामा हो । त्यहाँ सामानहरू यत्रतत्र छरिएका थिए । मलाई त्यही ठाउँमा काम गर्दा आनन्द आउँथ्यो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!