‘संशोधन प्रस्तावले जातीय बिखण्डन ल्याउँछ’

Posted By OS Nepal || Date: 1 December, 2016

नेपालगन्ज, १६ मङ्सिर । नेकपा (एमाले) का नेता शङ्कर पोखरेलले संविधान संशोधन प्रस्तावले मुलुकलाई दुर्घटनातर्पm लाने टिप्पणी गर्नुभएको छ । मदन भण्डारी फाउन्डेसन बाँकेद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधान संंशोधन किन गर्नुप¥याmे त्यसको गतिलो जवाफ जनतालाई नदिएसम्म जनताको आन्दोलन रोकिँदैन भन्नुभयो ।sankar-pokhrel

नेता पोखरेलले संशोधन प्रस्तावले जातीय बिखण्डन ल्याउने बताउँदै मुलुकमा मिलेर बसेर सबै नेपालीलाई लडाउनु र भिडाउने काम अहिलेको सरकारले गरेको आरोप लगाउनुभयो ।

त्यस अवसरमा सामाजिक काममा महत्वपूर्ण योगदान पु¥याउने बाँके जिल्लाका सामाजिक अभियानकर्मी रतनकुमार टन्डन, किस्मतकुमार कक्षपति, सागर गैरे, रुबी खान र बखतबहादुर मल्ललाई सम्मान गरिएको थियो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!