आगजनी गर्नेलाई कारबाही गर्न एमालेको माग

Posted By OS Nepal || Date: 1 December, 2016

काठमाडौँ, १६ मङ्सिर । नेकपा (एमाले)ले नवलपरासी रामग्राम नगरपालिका, परासी बजारमा अवस्थित पार्टीको परासी विशेष जिल्ला कमिटीको कार्यालयमा आगजनी गर्नेलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । पार्टीका सचिव प्रदीप ज्ञवालीले आज जारी गर्नु भएको विज्ञप्तिमा आगजनीको घटनाको निन्दा र भत्र्सना गर्दै आगजनीमा संलग्न समूह र व्यक्ति पहिचान गरी कारबाही गर्न माग गर्नुभएको हो ।

विगतमा पनि उक्त कार्यालयमा पटक–पटक आगजनी र तोडफोडका घटना हुने गरेको उल्लेख गर्दै जिल्लास्थित सुरक्षा निकायका कार्यालय नजिकै रहेको कार्यालयको सुरक्षाको प्रबन्ध नगरिनु र दोषी पत्ता लगाएर आवश्यक कानुनी कारबाही नहुनुले अपराधीको मनोबल बढेको जनाइएको छ । बुधबार राति अज्ञात समूहले पार्टी कार्यालयमा आगजनी गरेका थिए ।

संविधान संशोधन विधेयक दर्ताविरुद्धमा जुलुस
यसैगरी नेकपा(एमाले) निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा आज पनि प्रदर्शन गरेका छन् । उनीहरुले आज त्रिचन्द्र क्याम्पसदेखि पुतलीसडक चोकसम्म संशोधन विधेयक फिर्ताको माग गर्दै सरकारविरुद्ध ‘जुलुस’ निकालेका छन् ।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको जुलुस रत्नपार्क बागबजार हँुदै पुतलीसडकमा पुगी कोषसभामा परिणत भएको थियो । सभामा एमाले काठमाडौँ जिल्ला सङ्गठनका अध्यक्ष कृष्ण राई, युवा सङ्घका अध्यक्ष राजीव पहारी, अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला लगायतले नेपाल र नेपालीको हितविपरीत संशोधन विधेयक विदेशीको इसारामा दर्ता गरेको भन्दै फिर्ता गर्नुपर्ने माग राख्नुभएको थियो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!