राष्ट्रिय टोलिका भरपर्दो डिफेन्डर अनन्तको शल्यक्रिया सफल, बिमल घर्तीमगरले गरे स्वास्थ्यलाभको कामना

Posted By OS Nepal || Date: 1 December, 2016

bimal-aananta-tamangकाठमाडौँ । नेपाली राष्ट्रिय टिमका भरपर्दो डिफेन्डर अनन्त तमाङको बिहिबार गरिएको घुँडाको शल्यक्रिया सफल भएको छ ।

वरिष्ठ डाक्टर चक्रराज पाण्डेको नेतृत्वमा रहेको टोलीले ग्रान्डी अस्पताल, धापासीमा बिहिबार शल्यक्रिया गरेको स्ट्राइगर बिमल घर्तीमगरले जानकारी दिए । बिमलका अनुसार अनन्तको घुँडामा गम्भिर समस्या देखिएपछि उनी केही समयदेखि अस्वस्थ थिए ।

बिहिबार शल्यक्रिया सफल भएलगत्तै बिमले फेसबुकमा स्टाटस लेख्दै अनन्तलाई शिघ्र स्वास्थ्यलभाको कामना समेत गरेका छन् ।

ए एफ सि सोलिडरिटी कपको सेमिफाइनलमा चोट बोकेका अनन्तले फाइनल पनि खेलेका थिए। त्यस्तै जापानी खेलाडिहरुसङ सातदोबाटोमा भएको च्यारिटी खेलमा बेन्चमा रहेका अनन्त दुईदेखि तिन महिनासम्म खेलबाट बाहिर रहनेछन्।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!