नेपालको मनकामनामा भारतीय हस्तक्षेप !! केवलकारको लाइनमा बसेका नेपालीलाई घाँटीमा समातेर यसरी झुन्ड्याए

Posted By OS Nepal || Date: 1 December, 2016

ओएस नेपाल, पोखरा, १६ मङ्सिर । प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गोरखाको मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप बढ्दै गएको छ ।

दिनहुँ केबुलकारमार्फत मन्दिरमा पूजाअर्चनाका लागि भारतीय पर्यटक भित्रँदै आएका छन् । विशेषगरी साताको दुई दिन (शुक्रबार अपराह्नपछि र शनिबार दिनभर) मन्दिरमा पूजाअर्चनाका लागि भारतीय पर्यटकको भिड हुने गरेको छ ।

“दिनमा सात हजारसम्म भक्तजन मनकामना मन्दिर आउँछन्”–मनकामना क्षेत्र विकास समितिका पूर्वअध्यक्ष दीपक जोशीले भन्नुभयो–“तीमध्ये अधिकांश भारतीय पर्यटक देखिन्छन् ।” मनकामना आउने भारतीय पर्यटकको सङ्ख्या क्रमशः बर्सेनि बढ्दै गएको जोशीले जानकारी दिनुभयो ।

अन्य दिनभन्दा शुक्रबार र शनिबार भारतीय पर्यटकको चाप बढ्ने उहाँको भनाइ छ । नेपाल र भारतका मानिसको संस्कार, संस्कृति मिल्दोजुल्दो छ । मनकामना पूजाअर्चनापछि मनको कामना, पुकार पूरा हुने उद्देश्यले भक्तजन मनकामना भित्रँदै आएका छन् ।

भिडियो:

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!