केटी मस्कीने केटा झन् जोस्सीने !! जति पछाडी हेर्यो त्यति रमाइलो ! बबाल नाच अहिले सम्म देखिएको थिएन

Posted By OS Nepal || Date: 1 December, 2016

ओएस नेपाल, पोखरा, १६ मङ्सिर । दलित समुदाय कला र सिर्जनाका धनि हुन् | नेपाली मौलिक संस्कृतिको धरोहर पन्चे बाजा दलित समुदायको मौलिक बाजा हो | यसले धार्मिक एबम् साँस्कृतिक रुपमा उत्कृष्ट पहिचान बोकेको छ | नेपाली समाजमा प्रत्येक नेपालीको मन मुटुमा बस्न सफल भएको पन्चे बाजा नेपाली मौलिक संस्कृतिको अनुपम नमुना हो |

शुभ साइतको शंखघोष गर्न,बिवाह ब्रतबन्ध जस्ता धार्मिक कार्यहरुमा यसलाई ज्यादै महत्वका साथ लिईन्छ | नेपालमा प्रचलित लोकगीतहरुलाई मिठासपूर्ण रसमय धुनमा सिंगारी पन्चे बाजाद्वारा प्रस्तुत हुँदा जो कोहि पनि मन्त्रमुग्ध नहुने कुरै हुँदैन | मानिसको अन्तरमनलाई भित्रि गहिराई देखिनै छुन सफल पन्चे बाजा हाम्रो रीतिरिवाज धर्म र संस्कृतिको केन्द्रबिन्दु हो |

पन्चे बाजाको धुन हावामा तरंगित हुँदा वातावरण मनोरम रमणीय र सुरम्य हुन्छ भने प्रत्येक व्यक्ति यसको मिठास धुनको प्रभावमा आनन्दित र प्रफुल्लित हुन्छन् |

संगीत र कला मानवको बाहिरी एबम भित्रि अंगका अवयवहरुलाई यथाशिघ्र मनोवैज्ञानिक रुपले अन्तर सम्बन्धित गराउदै जोडिने मनोरञ्जनको महत्वपूर्ण साधन हो | मानिसलाई मात्र होइन प्रकृतिका जीवजन्तु बनस्पति अर्थात् सम्पुर्ण जीवित प्राणीलाई प्रत्यक्ष असर पुरयाईरहेको हुन्छ |

भिडियो:

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!