बिहिबार प्रदेश नं ५ का कारण दिभर तनावमा रहेका प्रचण्डले राष्ट्रपतिलाई भेटेर यसो भने

Posted By OS Nepal || Date: 1 December, 2016

काठमाडौँ, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नु भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज उहाँहरुबीच भएको भेटघाटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा सबै राजनीतिक दललाई मिलाएर लैजान सुझाव दिनुभएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घन्टा भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो राजनीतिक परिस्थितिका विषयमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले राजनीतिक दलका नेतासँग भेटवार्ता गर्दै आउनुभएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!