देश प्रदेश नं ५ को राजनीतिले तातेका बेला एमालले त्रिचन्द्र क्याम्पसमा किन खटायो आफ्ना लडाकाहरुलाई ?

Posted By OS Nepal || Date: 1 December, 2016

andolanकाठमाडौँ ।   नेकपा(एमाले) निकट युवा सङ्घ नेपाल र अनेरास्ववियुले सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको विरोधमा आज पनि प्रदर्शन गरेका छन् ।

उनीहरुले आज त्रिचन्द्र क्याम्पसदेखि पुतलीसडक चोकसम्म संशोधन विधेयक फिर्ताको माग गर्दै सरकारविरुद्ध ‘जुलुस’ निकालेका छन् ।

त्रिचन्द्र क्याम्पसबाट सुरु भएको जुलुस रत्नपार्क बागबजार हँुदै पुतलीसडकमा पुगी कोषसभामा परिणत भएको थियो ।

सभामा एमाले काठमाडौँ जिल्ला सङ्गठनका अध्यक्ष कृष्ण राई, युवा सङ्घका अध्यक्ष राजीव पहारी, अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला लगायतले नेपाल र नेपालीको हितविपरीत संशोधन विधेयक विदेशीको इसारामा दर्ता गरेको भन्दै फिर्ता गर्नुपर्ने माग राख्नुभएको थियो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!