ब्राजिलका यि खेलाडीले बिमान दुर्घटनापछि श्रीमतीलाई आँफु बाँचेको खबर दिए लगत्तै अस्पतालमा प्राण त्यागे


brazil-khaladiएजेन्सी । ब्राजिलियन क्लब चापाकोइन्सेका ३१ वर्षीय स्टार गोलकिपर मार्सेलो डानिलोले कोलम्बियामा भएको बिमान दुर्घटनामा आँफु बाँचेको खबर श्रीमतीलाई दिए लगत्तै अस्पतालको शैयामा प्राण त्यागेका छन् ।

उक्त दुर्घटनामा ७६ जनाले ज्यान गुमाएका थिए भने ३ जनाको जिवितै उद्धार गरिएको थियो । मेडलिन शहरको ला सेजस्थित एक अस्पतालमा भर्नाका लागि ल्याउँदा उनले आँखा हेरिरहेका थिए। उनले आफूलाई अस्पतालमा ल्याएपछि ब्राजिलमा रहेकी श्रीमतीलाई फोन गर्दै दुर्घटनाको जानकारी दिएका थिए।

त्यसको लगत्तै उनले अस्पतालको शैयाबाटै फोन गरेर टोलीका अन्य सदस्यको निधन भएपनि आफू जीवित रहेको बताएका थिए। तर, फोन राखेको केही समयपछि उनको पनि निधन भएको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

त्यो दिन दक्षिण अमेरिकाको दोस्रो ठूलो प्रतियोगिता कोपा सुदामेरिकाना खेल्न जाने क्रममा विमान दुर्घटना भएको थियो ।

Comment