प्रा डा केसी अनशन प्रकरण – वार्ता पुनः शुक्रबार

Posted By OS Nepal || Date: 2 December, 2016

govinda-kcकाठमाडौँ, १७ मङ्सिर । त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसी र सरकारी पक्षबीच आज शिक्षा मन्त्रालयमा भइरहेको वार्ता शुृक्रबार पुनः बस्ने गरी आज राति स्थगन भएको छ । सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ लगायत तथा गत १९ दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दसौँ पटक अनशन बस्नुभएका प्रा डा केसीका तर्फबाट प्रा डा राजेन्द्रराज वाग्ले लगायत चिकित्सक वार्तामा रहनुभएको थियो । वार्ता शुक्रबार बिहान १० बजे पुनः बस्ने छ । प्रा डा केसीतर्फका प्रा डा वाग्लेले प्रधानमन्त्री र अनशनरत प्रा डा केसी दुवै जना अनशनस्थलमा आमनेसामने बसेर मात्र सम्झौता हुन सक्ने कुृरा पत्रकारहरुलाई बताउनुृभयो । त्रिविका उपकुलपति तीर्थराज खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहको राजीनामाका विषयमा नै वार्ता केन्द्रित रहेको बताइएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!