आजको रासिफल – बि.स. २०७३ मंसिर १७ गते । शुक्रबार ।

Posted By OS Nepal || Date: 2 December, 2016

durga osnepal horoscopeओएस नेपाल, क्यालिफोर्निया – बि.स. २०७३ मंसिर १७ गते । शुक्रबार । ईश्वी सन् २०१६ डिसेम्बर ०२ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८ । मार्गशिर्ष शुक्ल पक्ष । तिथि तृतिया ३८ घडी २३ पला । नक्षत्र पूर्वाषाडा ५८ घडी ४२ पला । काठमाडौंमा सूर्योदय ०६ बजेर ३८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०६ मिनेट जादा । दिनमान २६ घडी १० पला । चन्द्ररासि धनु । लिङगेश्वर मेला, चम्पादेबी मेला ।

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ) नाँफा मुलक ब्याबसाय भन्दा सेवामुलक ब्याबसाय फस्टाएर जानेछ । शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछाडि परिने चिन्ताले सताईरहनेछ । स्वास्थ्य सम्बन्धि समस्या बढ्ने हुँनाले दैनिक काम गर्न असहज महसुस हुनेछ । प्रसासनिक तथा सरकारि क्षेत्रमा तपाईको कमजोर उपस्थिति हुँने हुँनाले अरुले नै फाईदा उठाउनेछन् । भाग्यले साथ नदिने हुँनाले कामहरु समयमा सम्पन्न गर्न कठिन हुनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु मिलाउन हम्मे हम्मे पर्नेछ ।

बृष (ई,ऊ, ए,ओ, वा, वी, वू, वे, वा) सहयोग गर्ने आफन्त तथा आत्मिय मित्रहरु टाठिने हुँनाले सोचेजस्तो उपलब्धि हासिल गर्न गाह्रो पर्नेछ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । ब्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाँफा हुनेछ । स्वास्थ्यमा श्वास प्रश्वास सम्बन्धि तथा चिसोले समस्या निम्त्याउन सक्छ । बिद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको झुटो आश्वासन पाईने हुँनाले मन खिन्न हुँनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को, हा) ब्यापारको शिलशिलामा आत्मिय मित्रका साथ लामो दुरिको यात्रा हुनेछ भने प्रतिष्ठित ब्याक्तिहरु सँगको बार्ता सकारात्मक दिसामा अगाडि बढ्नेछ । बिबाह बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफु अगाडि बढ्ने समय रहेको छ । पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) बिबादित बिषयहरु आज हल भएर जानेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । कानुनि लडाई तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । नाफामुलक ब्यापार ब्याबसायमा लगानि बडाएर आम्दानिका बाटाहरु फराकिला पार्दै लाने समय रहेको छ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । तपाईको सत्तो सराप गर्ने तथा कुरा काट्नेहरु तपाईको प्रतिष्ठित काम देखेर प्रशंसा गर्दै हिड्नेछन् ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू , टे ) समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सम्पन्न नहुन सक्छन् ध्यान दिनुहोला । बौद्धिक तथा प्राज्ञिक ब्याक्तित्वहरु सँगको छलफलमा कुनै पनि बिषयमा सहमति नजुट्ने हुँनाले शैक्षिक क्षेत्रसँग सम्बन्धित बिषयको उठान नगर्दै राम्रो हुनेछ । स्वास्थ्य सम्बन्धि बिशेषगरि पेट सम्बन्धि समस्याले सताईरहनेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच अबिश्वास सिर्जना हुनेछ ।

कन्या (टो, पा, पी, पू , ष,ण, ठ, पे, पो) ठेक्का पट्टा तथा सरकारि निकाय सँग नजिक भएर गरिने कामहरु बिग्रने हुँनाले अनाबस्यक झन्झट बेहोर्नु पर्ला ध्यान दिएर काम गर्नुहोला । राजनिति तथा समाजसेवामा जनताको साध पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । आधुनिक कृषि,सहकारि तथा पशुपालन ब्याबसाय फस्टाएर जानेछ भने अन्य ब्याबसायमा लगानि फस्ने सम्भावना रहेको छ ख्याल गर्नुहोला । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाईमा अरु भन्दा पछाडि परिने चिन्ताले सताईरहनेछ । आमा तथा आत्मिय मित्रहरु सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

तुला ( रा, री, रु, रे, रो, ता, ती, तू ,ते¬) बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ । मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने ब्याबसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउँन सकिनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू) बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । तयारि बिनानै महत्वपुर्ण बिषयमा दिईने प्रश्तुतिले कार्यक्षेत्र तथा समाजमा कुनै अर्थ नराख्न सक्छ । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । कला, साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । ब्यापार ब्याबसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी¬) बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय फस्टायर जानेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको ब्याबसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् । सवारी साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छा, आकाक्षा तथा मनोकामना हरु पुरा हुने समय रहेको छ ।

मीन (दी दू थ झ ञ दे दो चा ची ) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको बलियो समर्थन प्राप्त हुनेछ भने नेतृत्वबाट सहयोगको अपेक्षा राख्न सकिनेछ । नयाँ काम थालनि गर्ने तथा ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ । बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुनेछ । बिद्या तथा बादबिवाद प्रतियोगितामा तपाई अब्बल साबित हुनुहुनेछ ।

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् स्वस्थ रहनुहोस धन्यबाद ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्ष सेवा केन्द्र
लगनखेल, ललितपुर

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!