कोरियाली रास्ट्रपतिको बिरोधमा सहभागी नहुन बिदेशीलाई सुझाव

Posted By OS Nepal || Date: 2 December, 2016

ओएस नेपाल  

कोरियामा भइरहेको राष्ट्रपति पार्क गून्हे विरुद्धको प्रदर्शनमा विदेशी सहभागिताले कानुनी उल्झन आइलाग्न सक्ने यहाँका वकिलले बताएका छन् । ह्वाङ पार्क ल फर्मका वकिल वोन छुलले अहिले भइरहेका राष्ट्रपति पार्क विरोधी प्रदर्शनमा सहभागी नहुन विदेशी नागरिकलाई सुझाएका छन् ।

fb_img_1480635176818

सहभागिताले उनिहरुलाई कानुनी समस्या आइपर्न सक्ने तर्फ छुलले सचेत गराएका छन् । उनका अनुसार यहाँको आप्रवासी नियन्त्रण ऐनमा कोरियामा हुने कुनै पनि राजनीतिक ¥याली तथा विरोध कार्यक्रममा विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ । प्रदर्शनमा सहभागी भएको उजुरी र प्रमाण फेला पारे ति विदेशी नागरिकलाई देश निकाला, भिषा नविकरण रद्ध लगायत पुनः कोरिया प्रवेशमा प्रतिबन्ध लगाउन सक्ने प्रावधान उक्त ऐनमा रहेको छ । यद्यपी आप्रवासी हक अधिकार लगायतका प्रदर्शनमा सहभागि हुनबाट यो ऐनले समस्यामा नपार्ने वकिलको भनाई छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!