बिहीबार राति भारतमा शक्तिशाली भूकम्पः नेपालमा पनि धक्का

Posted By OS Nepal || Date: 2 December, 2016

काठमाडौंः बिहीबार राती भारतमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का नेपालको दार्चुलामा समेत महसुस भएको छ ।
बिहीबार राति १०ः३७ बजे ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु दार्चुला जिल्लाको १५ किलोमिटर टाढा उत्तर पश्चिम क्षेत्रमा रहेको जनाइएको छ ।

भूकम्पबारे थप विवरण भने दिइएको छैन् । नेपालमा २०७२ वैशाख १२ गते शक्तिशाली भूकम्प गएपछि नेपालमा निरन्तर परकम्पन आइरहेका छन् । भारतमा समेत पटकपटक सानासाना धक्का महसुस हुँदै आएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!