स्कुलका विद्यार्थीले राखे धानको वीउ — OSNepal

स्कुलका विद्यार्थीले राखे धानको वीउ

LC (KTM) June 04, 2022 0

भक्तपुर- भक्तपुरको एउटा स्कुलका विद्यार्थीले धानको वीउ राखेका छन् । भक्तपुुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासीका विद्यार्थीले असारमा धान रोप्नका लागि आवश्यक धानको वीउ राखेका हुन् । उनीहरुले स्कुल नजिकैको खेतमा पुगेर वीउ हालेका थिए । विद्यार्थीलाई सैद्धान्तिक मात्रै नभई व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए । यसबाट उनीहरुले भविष्यमा यो काम नगरे पनि ज्ञान पाउने विश्वास उनले लिए ।

धानको वीउ रोप्नका लागि प्रत्येक वर्ष जस्तै स्कुलको कक्षा ४ मा अध्ययरत एक सय ४७ जना विद्यार्थी खेत पुगेका थिए । खेतमा पुगेपछि उनीहरुलाई शिक्षिका कबिता पौडेलले वीउ राख्नका लागि आवश्यक सामानहरु देखाउँंदै यसको प्रयोगकोबारेमा जानकारी दिए । साथै अर्का शिक्षिका सुनिता सुवेदी वीउ राख्ने तरिकाबारे जानकारी गराए । यसपछि विद्यार्थीले धानको वीउ राखेका थिए । यसअघि उनीहरुलाई विहीबार नै त्यसबारे कक्षाकोठामा जानकारी दिएको स्कुलले जनाएको छ । यही विद्यार्थीले यही बीउको प्रयोग गरी धान रोप्ने छन् । स्कुल नजिकै त्यहाँं स्कुलकै करिव एक रोपनी क्षेत्रफलमा ती विद्यार्थीले असार १५ गते धान रोप्ने छन् । साथै उनीहरुले उक्त धान पनि काट्ने छन् ।

गीत, नृत्य प्रस्तुत गरी मनोञ्जन दिलाएर गरियो नवआगन्तुल विद्यार्थीलाई स्वागतभक्तपुरको एभरेष्ट इगलिश स्कुलले शनिबार नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । नयाँं शैक्षिक सत्रका लागि भर्ना भएका नयाँं विद्यार्थीलाई एक कार्यक्रम गरी स्वागत गरिएको हो । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले नयाँं विद्यार्थीलाई स्वागत गरेका हुन् । सो अवसरमा उनले स्कुलका विविध विषयमा जानकारी गराएका थिए । स्कुलले जन्मदिन कोष खडा गरी देशका दुर्गम स्कुलका विद्यार्थीलाई पुस्तक तथा अन्य स्टेशनरी सामान उपलव्ध गराई अभियान चलाइरहेकाबारे उनले चर्चा गरे । साथै स्कुलले खेर जाने सामानको पुन प्रयोग गरी वेष्ट फ्रम वेष्ट अवधारणाा अनुसार काम गर्दै आएको उनले जानकारी गराए । साथसाथै भक्तपुर नगरपालिकाले ल्याएको एक स्कुल एक सम्पदा सरसफाई अन्तर्गत आफनो स्कुलको भागमा परेको नजिकको हाकुफो हिटी (ढुंगेधारा)को सरसफाई कार्यक्रम पनि नियमित रुपमा गर्दै आएको उनले जानकारी गराए ।

कार्यक्रममा संस्थापक प्रिन्सिपल राजभण्डारीले स्कुलका सम्पूर्ण परिवारहरुको परिचय गराए । स्कुलमा कार्यरत शिक्षक, कर्मचारी सवैलाई समूहसमूहमा मञ्चमा राखेर नामसहित परिचय दिलाएका थिए । आया दिदीहरु, सुरक्षाको समूह, प्रशाशनको समूह अनि शिक्षकहरुको समूहलाई समूहसमूहमा राखी परिचय गराइएको थियो । साथै शिक्षकहरुमा पनि समूहसमूहमा विभाजन गरी साना नानीहरु, त्यो भन्दा माथिल्लो तहमा पढाउने शिक्षकशिक्षिकाहरु ऋनि मावि तहमा पढाउने शिक्षकहरुलाई छुटाछुटै समूहमा राखी परिचय दिलाइएको थियो ।

यसले नयाँं अभिभावकहरुलाई भोलिका दिनमा कुनै समस्या भए राख्न सजिलो हुने विश्वास गरिएको छ । परिचयले स्कुल परिवार र अभिभावकवीच चिनापर्ची हुने र यसले पठपाठन तथा विद्यार्थीको पढाईलाई अझ सहज बनाउने विश्वास गरिएको छ ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्माचार्य, शिक्षासेवी एवं भक्तपुर नगरपालिका वडा नं ५ का निवर्तमान वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य, पूर्व जिल्ला शिक्षा अधिकारी नयनसिंह धामीलगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा विद्यार्थीले गीत, नृत्य प्रदर्शन गरी मनोरञ्जन पनि दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर