चप्पल, सुरुवाल र ‘क्याप’मै लोकमान सर्वोच्च अदालतमा पुगेपछि…

Posted By OS Nepal || Date: 2 December, 2016

lokman-karkiकाठमाडौंः अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की बिहीबार मुद्धाको पेशी बुझ्न सर्वोच्च अदालत पुगेका छन् ।

औपचारिक पोसाकको खुब चर्चा गर्ने कार्की बिहीबार कुनै औपचारिक पोसाक बिना अदालतमा उपस्थित भएका हुन् । पूर्वमुख्य सचिव समेत रहेका निलम्बित प्रमुख आयुक्त कार्कीले आफ्ना पूर्वपदको कुनै मर्यादापनि बिर्सिएर पोसाकमा लापरबाही गएको भन्दै उनको आलोचना भएको छ ।

कार्कीविरुद्ध दायर पुनरावलोकन मुद्दामा सुनुवाइको मिति भने पुस ७ गतेको लागि तोकिएको छ । पुनरावलोकन निवेदनमा सुनुवाइका लागि बिहीबारको पेशी तय भए पनि कार्कीका अधिवक्ता बालकृष्ण न्यौपाने बिरामी भएपछि उनको पेशी सरेको हो ।

सर्वोच्चले लोकमानलाई पुस सातगते पेशी हटाउन नपाउने गरी सुनुवाइमा उपस्थित हुन आदेश गरिएको छ । पक्ष र विपक्ष दुवैतर्फका काउन व्यवसायिलाई उपस्थित हुन आदेश दिइएको हो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!