सामन्था रुथद्धारा शाहरुख खान संग काम गर्न अस्वीकार , कारण रहेछ यस्तो — OSNepal

सामन्था रुथद्धारा शाहरुख खान संग काम गर्न अस्वीकार , कारण रहेछ यस्तो

LC (KTM) June 04, 2022 0

शाहरुख खान यतिबेला आफ्नो धेरै प्रोजेक्टका कारण चर्चामा छन् । उनका धेरै फिल्मको अफर आएका छन्, जसको सुटिङको काम धमाधम भइरहेको छ । यीमध्ये एउटा फिल्मको अफर साउथ अभिनेत्री सामन्था रुथ प्रभुलाई पनि पुगेको थियो, जसलाई उनले अस्वीकार गरिन् । शाहरुख खान पछिल्लो पटक फिल्म ‘जिरो’मा देखिएका थिए, जुन बक्स अफिसमा असफल भएको थियो ।यसै बिषयमा आज हामी जानकारी दिदैछौ ।

लामो प्रतिक्षापछि फ्यानका किङ खान धेरै ठूला बजेटका फिल्म लिएर ठूलो पर्दामा फर्किन तयार देखिन्छन् । यतिबेला शाहरुख खानसँग धेरै ठूला प्रोजेक्ट छन्, जसका लागि उनले आफ्नो अफिसियल घोषणा पनि गरिसकेका छन्, जसमा राजकुमार हिरानीको ‘डंकी’ पछि ‘पठान’ र साउथ निर्देशक एट्लीको फिल्म ‘जवान’ देखिने छ, जसको आधिकारिक घोषणा उनले गरेका छन् । यससँगै उनले फिल्मको टिजर पनि सेयर गरेका छन्, जसलाई फ्यानबाट निकै राम्रो प्रतिक्रिया मिलेको छ ।

एटली द्वारा निर्देशित र गौरी खान द्वारा निर्मित यो एक पान इन्डिया फिल्म हो। यो फिल्म हिन्दी बाहेक तमिल, तेलुगु, मलयालम र कन्नडमा रिलिज हुनेछ । यस फिल्ममा शाहरुखसँगै साउथ अभिनेत्री नयनतारा, सान्या मल्होत्रा र सुनील ग्रोवर पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् तर नयनताराको अगाडि यो फिल्ममा सामन्था रुथ प्रभुको भूमिका रहेको थाहा पाउँदा तपाईलाई अचम्म लाग्नेछ ।

हो, यो फिल्मका लागि निर्माताको पहिलो रोजाइ नयनतारा नभई सामन्था रुथ थिइन्, तर उनले यो फिल्ममा काम गर्न मानिनन् । भनिन्छ, सन् २०१९ मा यो फिल्म गर्ने चर्चा सुरु हुँदा निर्माताले सामन्थालाई अभिनेत्रीका रूपमा छनोट गर्ने तयारीमा थिए तर सामन्थाले त्यसलाई अस्वीकार गरिन् र यसको पछाडिको कारण पनि खास थियो । आफ्नो पूर्व हजब्याण्ड तथा अभिनेता नागा चैतन्यसँग बच्चा जन्माउने योजना बनाउँदै गर्दा सामन्थालाई यो फिल्मको अफर आएको थियो तर केही समयपछि दुवैको सम्बन्धविच्छेद भयो ।

त्यसपछि नयनतारालाई फिल्मको अफर आयो, जुन अभिनेत्रीले स्वीकार गरिन् । गत वर्ष २०२१ मा सामन्था र नागा चैतन्यले एकअर्काबाट अलग हुने निर्णय गरेका थिए जसको बारेमा उनीहरुले घोषणा पनि गरेका थिए । लामो समयदेखि यी दुईबीच राम्रो नरहेको बताइएको छ । यद्यपी, यी दुई किन अलग भए भन्ने अहिलेसम्म थाहा नभएको तर नागाले यसबारे ‘हामी दुवैले मिलेर यो निर्णय लिएको’ बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर