म्याच फिक्सिङ आरोपमाः ३४ खेलाडी पक्राउ

Posted By OS Nepal || Date: 2 December, 2016

tenishएजेन्सीः विश्व फुटबलमा म्याच फिक्सिङको अर्को घटना सार्वजनिक भएको छ । म्याच फिक्सिङ गरेकै आरोपमा दर्जनौ खेलाडी पक्राउ परेका छन् ।

स्पेन र पोर्चुगलबाट प्रहरीले म्याच फिक्सिङको आरोपमा ३४ जना टेनिस खेलाडीलाई पक्राउ गरेको हो ।

फुटबलमा र क्रिकेटमा म्याच फिक्सिङका घटना दोहोरिदै आएका भए पनि टेनिसमा भने यस्ता घटना विरलै हुने गरेका छन् । यसरी म्याच फिक्सिङको आरोपमा स्पेनबाट ६ जना पक्राउ गरेका छन् ।

त्यसैगरी म्याच फिक्सिङ आरोपमा पोर्चुगलबाट २८ जना पक्राउ परेका छन् । स्पेनको गृह मन्त्रालयले उनीहरुको परिचय भने सार्वजनिक गरेको छैन् ।

म्याच फिक्सिङ नै खेलाडीको आकर्षक कमाइको केन्द्र भएकाले उनीहरु यसप्रति आकर्षित भएको भन्दै प्रहरीले निगरानी बढाएको छ । त्यहाँको गृहमन्त्रालयले पक्राउ परेका खेलाडीका विषयमा थप तथ्यांक संकलनको काम जारी रहेको बताएको छ ।

पक्राउ परेका खेलाडीले १७ वटा खेलमा म्याच फिक्सिङ गरेको आरोप छ । उनीहरुले म्याच फिक्सिङबाट कम्तीमा पनि चार लाख २० हजार चार सय २० पाउण्ड स्टर्लिङ डलर कमाएको आरोप छ ।

पक्राउ परेका खेलाडीहरुले कम्तीमा पनि ५० पाउण्ड स्टर्लिङदेखि ५०० स्टर्लिङसम्म लिने गरेको आरोप अनुसन्धानबाट खुलेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!