युद्धस्तरमा खट्दै काठमाण्डौका मेयर बालेन शाह, सोमबार बाट कल सेन्टर संचालन हुदै — OSNepal

युद्धस्तरमा खट्दै काठमाण्डौका मेयर बालेन शाह, सोमबार बाट कल सेन्टर संचालन हुदै

LC (KTM) June 04, 2022 0

काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित भए संगै बालेन शाह युद्धस्तरमा खटिएका छन् । राजधानीमा थुप्रिएको फोहोर लाई ब्यवस्थापन गर्नका लागि उनी निर्वाचित भए लगत्तै लागि परेका छन् । त्यस्तै आउदो सोमबार देखि काठमाडौंमा महानगरपालिकाले कल सेन्टर चलाउने भएको छ । महानगरपालिकाको मेयर बालेन्द्र साहले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय अनुसार सोमबारबाट महानगरमा कल सेन्टर चल्ने महानगरका सूचना विभाग प्रमुख नवराज ढकालले बताए ।

महानगरपालिका भित्र रहेका समस्याहरुको बारे सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था गर्न लागेको हो । उनका अनुसार कल सेन्टरमा आएका गुनासोहरु महानगरका ५० युनिटहरुमा पठाउन सकिने छ । ‘ अहिले प्रशासनिक युनिट र विभिन्न विभागहरुमा महानगरमा हुने समस्याहको गुनासो फरवार्ड हुनेछ । त्यस्तै पूर्वाधार एम्बुलेन्सको समेत ब्यवस्थापनमा बालेन सक्रिय रुपमा खटिई रहेका छन् ।

उनले महानगरलाई बिश्वकै नमुना शहर बनाउने लक्ष्य रहेको बताएका थिए । त्यसैले पनि बालेन राजनितीक शक्ति केन्द्रका रुपमा रहेका नेताहरु संग चरणबद्ध रुपमा भेटघाट गरिरहेका छन् । उनको यो खटाई संगै चमत्कार आउने अपेक्षा काठमाण्डौबासीले गरेका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर