रणवीर र दीपिका एउटै स्टेजमा सम्मानित  भएपछि

Posted By OS Nepal || Date: 2 December, 2016

काठमाडौं , मंसिर १७ – बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको सम्बन्धमा केही अघि चिसोपना आएको समाचार भाइरल भयो । तर, यस्तो होइन रहेछ । पछिल्लो समय त यी दुईले विवाहका लागि योजना बनाइसकेको हल्ला पनि चलिरहेको छ ।

त्यसमाथि यी दुई कहिलेकाहीँ एक–अर्कालाई सप्राइज दिन विदेशसम्म पुग्ने गरेका छन् ।
तर, केही दिनअघि भने यी दुई एउटै मञ्चमा सम्मानित भए । ‘एस्क्वायर अवार्ड २०१६’मा यी दुईलाई सम्मान गरिएको हो ।

र, दुवैलाई दिइएको अवार्ड पनि समान छ । आयोजकले रणवीरलाई ‘इन्टरनेसनल म्यान अफ द इयर’को सम्मान दिएको हो भने दीपिकालाई ‘इन्टरनेसनल वुमन अफ द इयर ।’ नयाँ पत्रिका दैनिकमा  छापिएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!