अवैध खानीबाट डोजर र स्काभेटर नियन्त्रित

Posted By OS Nepal || Date: 2 December, 2016

भक्तपुर, १६ मङ्सिर । जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा सञ्चालित ढुङ्गा र माटो खानीबाट चार डोजर र स्काभेटर नियन्त्रणमा लिएको छ । जिल्लामा अवैध रुपमा ढुङ्गाखानी र माटो खानी सञ्चालन भइरहेको भन्ने उजुरी परेपछि आज ती खानीको अनुगमन गरी त्यहाँ प्रयुक्त डोजर र स्काभेटर नियन्त्रणमा लिइएको हो । dojerप्रजिअ तेजप्रसाद पौडेलको नेतृत्वमा स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालासहितको टोलीले सुडालस्थित ब्रह्मायणी ढुङ्गा खानीको अनुगमन गरी दुई स्काभेटर र दुई सय लि डिजेल नियन्त्रणमा लिएको हो ।

स्वीकृतिबिना पहाड उत्खनन गरी ढुङ्गा माटो निकालिएकाले ती स्काभेटर नियन्त्रणमा लिइएको प्रजिअ पौडेलले बताउनुभयो । अनुगमन टोली पुग्दा खानी क्षेत्रमा खानी सञ्चालक र कामदार कोही पनि नभेटिएपछि प्रजिअले सुडालस्थित प्रहरी प्रभागलाई स्काभेटर पनि नियन्त्रणमा लिन निर्देशन दिनुभएको थियो ।

टोलीले नगरकोट नगरपालिका कार्यालय नजिकको तप डुफो(ठूलो ढिस्को)को समेत अनुगमन गरी दुई डोजर नियन्त्रणमा लिएको छ । जग्गा प्लटिङ गर्ने नाममा स्थानीय परिचयसमेत गुम्ने गरी तप डुफोको माटो उत्खनन गरेको पाइएपछि तत्काल माटो उत्खनन बन्द गराई डोजर नियन्त्रणमा लिइएको हो । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!