ओलीले प्रचण्डको मुख नहेर्दा के हुन्छ ?

Posted By OS Nepal || Date: 2 December, 2016

prachana-with-kp-oliकाठमाडौंः बिहीबार संसद् बैठक एमालेले अवरुद्ध गरेपछि नेताहरु बैठकबाट बाहिरिदै थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने हात मिलाउन एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बसेको कुर्सीमै पुगे।

दुई नेताको भेटभएपछि हात मिलाए । हात मिलाउनासाथ प्रधानमन्त्री प्रचण्डले भने, ‘कुरा गरौँ ।’

प्रधानमन्त्री प्रचण्डले यत्ति भन्नासाथ ओली कड्किए र रुखो जवाफ दिए, ‘तपाईसँग कुरा गर्नु त परै जाओस्, अनुहार हेर्न पनि मन छैन ।’

यसरी पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले रुखो जवाफ दिएको एमालेसँगै अन्य दलका सांसदले सुनिराखेका थिए । यस्तो जवाफ सुन्नासाथ सबै सांसद् एकसाथ हास्न थाले । सांसदको हाँसोकै बीचमा प्रधानमन्त्री प्रचण्डले फेरि भने, ‘त्यसरी कहाँ हुन्छ, कुरा त गर्नुपर्छ नि ।’ यसको भने ओलीले कुनै जवाफ दिएनन् ।

सार्वजनिक रुपमै दुई शीर्ष नेताबीचको यस्तो सवाल जवाफले राजनीतिक अवस्था गम्भीर बनाएको देखिन्छ । सरकारले प्रतिपक्षी दल एमालेसँग सहमति नै नगरी संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको भन्दै ओली रुष्ट बनेका छन् । व्यक्तिगत अर्थात् पार्टीगत एजेन्डाका आधारमा ओली रुष्ट हुनु स्वभाविक भए पनि प्रधानमन्त्रीलाई यसरी थर्काउन ओलीलाई नैतिकताले पनि दिदैन ।

समय परिवर्तनशील छ । आजका दिनमा कुनै अभिभावकले समेत छोराछोरीलाई नराम्रो शब्दले गाली गर्न पाउदैनन् । नराम्रो शब्द त के गाली मात्र गर्यो भने पनि बालअधिकार हनन् हुन्छ । तर, प्रधानमन्त्रीलाई प्रतिपक्षी दलको नेताले व्यवस्थापिका संसद जस्तो सम्मानित क्षेत्रमै थर्काएर जवाफ दिनु कत्तिको न्यायोचित होला ?

यो गम्भीर प्रश्न छ । यद्यपी प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेताको रुखो जवाफलाई समान्यकरण गरिदिएका छन् । यसले भने प्रधानमन्त्री राजनीतिक समस्याको समाधान मिलेर गर्नुपर्छ भन्ने पक्षमा अडिग भएको प्रमाणि हुन्छ । एमालेले संविधान संशोधन प्रस्तावको विधेयकका नाममा आफू सत्ताबाट बाहिररिदाको रिस पोख्न थालेको देखिन्छ ।

यसले एमालेलाई पार्टीगत रुपमा केही फाइदा होला तर समग्र राजनीतिक परिस्थिति एमालेका कारण पछिल्ला दिनमा खतरातर्फ मोडिदै गएको छ । यो राजनीतिक घटनाक्रमले एमाले राजनीतिक मुद्धा स्थापित गर्न भन्दा पनि सत्ताबाट बाहिरिनुपर्दाको रिस ढिला गरी पोख्दै छ ।

एमाले निकट विद्यार्थी संगठनलाई सडकमा उतारेर एमालेले यसको प्रमाण समेत दिइसकेको छ । अझ एमालेका विद्यार्थी नेताले प्रधानमन्त्रीको पुत्ला बनाएर सहर घुमाएर जलाएपछि एमालेभित्र संविधान संशोधन विधेयक भन्दा पनि प्रधानमन्त्रीमाथि आक्रोश बढी भएको देखिन्छ ।

यही एमालेको उग्रवादलाई रोक्न प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत आग्रह गरिसकेका छन् । प्रधानमन्त्री राजनीतिक समस्या समाधानमा सक्रिय हुँदा एमालेले देखाएको रुष्टताले देश पुनः राजनीतिक संकटमा पर्ने खतरा बढ्दै गएको संकेत देखिएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!