शंख बजाउँदै प्रधानमन्त्री प्रचण्डको पुत्ला जलाएपछि…(फोटोफिचर)

Posted By OS Nepal || Date: 2 December, 2016

putal2काठमाडौंः संविधान संशोधनको विरोधमा सडक आन्दोलन चर्काइरहेका एमाले निकट युवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन् । बिहीबार राजधानीको प्रमुख बजार पुतलीसडकमा प्रदर्शनसहित एमाले युवा संगठन अनेरास्ववियु र युवा संघले प्रचण्डको पुत्ला बनाएर सहर घुमाएपछि जलाएका हुन् ।

प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा एमालेका विद्यार्थी र युवा नेताले त्यही पुत्लालाई गाली गर्दै कुटेका थिए । विद्यार्थी र युवा संगठनको यो सारा हर्कत हेरिराखेको पुलिस प्रशासन भने रमितेमात्र बनेको छ । गृहमन्त्री नेपाली कांग्रेसका विमलेनद्र निधि भए पनि प्रधानमन्त्री विरुद्ध तल्लो स्तरको गाली गर्दै प्रधानमन्त्रीका तस्बिर जलाउदा पुलिस प्रशासनलाई प्रभावकारी रुपमा परिचालन गर्न नसकेको देखिन्छ ।

प्रदर्शनकारी विद्यार्थीले प्रधानमन्त्री प्रचण्डको मलामी गएको भन्दै शंख बजाएर टाउकोमा सेतो टालो बाधेर प्रदर्शन गर्दा समेत सुरक्षा निकाय रमिते बन्नुलाई माओवादी नेतृत्वले समते सरकारको लाचारीको रुपमा लिएको छ ।

prachanda11

prachanda33

putal3

putali1

prachanda22

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!