२० दिनमा पनि अनसनरत डा. केसीका मागको सुनवाई भएन

Posted By OS Nepal || Date: 2 December, 2016

govinda-kcकाठमाडौंः चिकित्सा शिक्षा सुधार लगायतको माग गर्दैै डा. गोविन्द केसी आमरण अनसन बसेको आज २० दिन पुगेको छ । यत्ति लामो समयदेखि अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका प्रा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच पटकपटक वार्ता भए पनि समस्या समाधान हुन सकेको छैन् ।

बिहीबार रातिसम्म चलेको वार्ता निष्कर्षमा पुग्न सकेन । गएराती अबेरसम्म भएको वार्ता निष्कर्षवहिन भएपछि शुक्रबार फेरि वार्ता हुने भएको छ ।

हिजोको बैठकमा स्वास्थ्यमन्त्री गगन थापा, शिक्षामन्त्री धनीराम पौडेल, लगायत नै वार्तामा बसेपनि सहमति हुन नसकेको हो । प्रधानमन्त्री प्रचण्डले केसीका माग सम्बोधन गर्न निर्देशन दिए लगत्तै स्वास्थ्यमन्त्री थापा र शिक्षामन्त्री पौडेल केसीसँग वार्ता गर्न पुगेका थिए ।

शुक्रबार बिहानैबाट डा. केसीका मागका सम्बन्धमा बार्ता गर्ने बताइएको भए पनि अझैसमम वार्ता हुन सकेको छैन । डा. केसीले त्रिविका उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहको राजीनामाको माग गर्दै आएका छन् ।

सरकारी र केसी पक्षका वार्ताटोलीबीच राजीनामाका विषयमा नै वार्ता केन्द्रित भएपनि सहमति हुन नसकेको वार्तामा सहभागी स्वास्थ्यमन्त्री थापाले जानकारी दिए । आमरण अनसनको २० औँ दिन पुग्दा डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । चिकित्सा क्षेत्रमा देखिएका विकृतिको अन्त्य हुनुपर्ने भन्दै केसी १० औँ पटक आमरण अनसनमा बसेका हुन् ।

केसीका माग आंशिक मात्रमा मात्र सम्बोधन हुँदा उनले पटकपटक अनसन बस्नु परेको छ यस पटक भने उनका माग पूरा गराउन सरकार असफल भएको भन्दै विरोध प्रदर्शन हुन थालेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!