शैक्षिक योग्यता बि.ए पास भनिएका लुम्बिनीका यी मन्त्री कक्षा १२ को परीक्षा दिँदै गर्दा भेटीएपछि — OSNepal

शैक्षिक योग्यता बि.ए पास भनिएका लुम्बिनीका यी मन्त्री कक्षा १२ को परीक्षा दिँदै गर्दा भेटीएपछि

LC (KTM) June 05, 2022 0

बसिउद्दीन खान । लुम्बिन प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री हुन् । उनै मन्त्रीले अहिले कक्षा १२ को परीक्षा दिँदै गरकेो पाइएको छ ।

मन्त्री खान मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माविमा कक्षा ११ र १२ अन्र्तगतको शिक्षा संकायमा भर्ना भएका थिए ।

हाल परिक्षा दिइरहेका उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र परेको छ ।मन्त्री खानले पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएपनि त्यसपछि नगएको पाइएको छ ।

खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाका अनुसार मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी भएपनि त्यसपछि परीक्षा दिन गउका छैनन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेटका तयारीमा लाग्नुपरेकाले परीक्षा दिन नपाएको एक नेताले बताए ।

नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ४९२०बाट प्रत्यक्ष निर्वाचित ३९ वर्षका प्रदेश सांसद खानले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तिर्ण भएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर