ओबामा प्रशासनका खरो आलोचक मानिने जेम्स म्याटिसलाई रक्षा मन्त्री नियुक्त गर्दै डोनाल्ड

Posted By OS Nepal || Date: 2 December, 2016

एजेन्सी । जनरल जेम्स म्याटिस अमेरिकाको नयाँ रक्षामन्त्री हुने भएका छन् । हालै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले म्याटिसलाई नयाँ रक्षामन्त्रीमा नियुक्त गर्ने तयारी गरेको सिएनएनले जनाएको छ ।

सिएनएनका अनुसार ओहिओमा आयोजित र्‍यालीमा ट्रम्पले म्याटिसको नाम लिँदै ट्रम्पले यस्तो संकेत गरेका हुन् ।

पूर्व राष्ट्र प्रति ओबामा प्रशासनको नीतिको खरो आलोचक मध्येका एक म्याटिसले इरान नीतिको समेत खोइरो खन्ने गरेका छन् ।

सन् १९९१ मा भएको पहिलो खाडी युद्धमा एक बटालियनको नेतृत्वमा रहका उनी सेवानिवृत्त हुन् । सन् २००१मा दक्षिणि अफगानिस्तानमा एक ‘टास्क फोर्स’को कमाण्ड संहालेका उनीसँग अमेरिकी केन्द्रीय कमाण्ड गरेको अनुभव समेत रहेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!