तालिवानको अत्याचार रोक्न करोडौँ डलरका परियोजना — OSNepal

तालिवानको अत्याचार रोक्न करोडौँ डलरका परियोजना

LC (KTM) June 05, 2022 0

काबुल, २१ जेठ -आफ्ना नागरिकलाई अत्यावश्यक खाद्यान्न, जीविकोपार्जन र स्वास्थ्य सेवा पु¥याउन तथा विशेष गरी महिलाविरुद्ध तालिवानको बढ्दो अत्याचारलाई रोक्न विश्व बैंक र अफगानिस्तान पुनर्निर्माण कोष ( एआरटीएफल ) को व्यवस्थापन समितिले ७९ करोड ३० लाख अमेरिकी डलरका तीनवटा परियोजना स्वीकृत गरेको छ ।

युद्धग्रस्त देशका ती परियोजना आर्थिक कठिनाइमा परेकाहरूलाई मद्दत गर्ने लक्ष्यका साथ स्वीकृत गरिएका हुन् । महिला र किशोरीहरूलाई परियोजनाले विशेष महत्व दिएको छ । तीनवटै परियोजना संयुक्त राष्ट्रसङ्घीय निकाय र तालिबान नेतृत्वको सरकारको नियन्त्रण बाहिरका गैर–सरकारी संस्थाहरूले सञ्चालन गर्नेछन् ।

विश्व बैंकका अनुसार अफगानिस्तान आपतकालीन खाद्य सुरक्षा परियोजनाले किसानहरूलाई खाद्यान्न उत्पादन गर्न र खाद्य सुरक्षा थप बिग्रन नदिन मद्दत गर्नेछ भने मानवीय पहल गहुँ उत्पादनमा केन्द्रित हुनेछ । परियोजनाले बालबालिका, अपाङ्गता भएका व्यक्ति वा दीर्घरोग भएका तथा महिलाको नेतृत्वमा रहेका घरपरिवारलाई बीउ र आधारभूत औजार उपलव्ध गराउनका साथै पोषणसम्बन्धी प्राविधिक तालिम दिनेछ।

सामुदायिक जीवनयापन परियोजनाले बाम्यान, हेरात, जलालाबाद, काबुल, कान्दाहार, खोस्ट, कुन्दुज र बल्खमा जीविकोपार्जनका अवसरका साथै ग्रामीण र शहरी क्षेत्रमा आवश्यक सेवाहरू उपलब्ध गराउनेछ । ग्रामीण क्षेत्रका दश लाख घरपरिवारलाई आर्थिक र जीविकोपार्जनका अवसर प्रदान गर्ने लक्ष्य परियोजनाको लक्ष्य छ ।

त्यसैगरी स्वास्थ्यसम्बन्धी अर्को परियोजनाले देशभरका दुई हजार ३०० भन्दा बढी स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य, पोषण र कोभिड–१९ सेवा प्रदान गर्नेछ । परियोजना देशका प्रमुख स्वास्थ्य सेवाहरूको उपयोग र गुणस्तर सुधारमा केन्द्रित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर