पामाकेयर नेपाल्स स्टार मोडल–२०१६ को कोरियोग्राफी ट्रेनिङ्ग सुरु

Posted By OS Nepal || Date: 2 December, 2016

pamakeyarकाठमाडौँ : सम्भबत नेपालमा पहिलो पटक बिबाहित तथा अबिबाहित महिला पुरुषहरु लाइ समेटेर गर्न लागिएको बृहत सौन्दर्य प्रतियोगिता पामाकेयर नेपाल्स स्टार मोडल–२०१६ को कोरियोग्राफी ट्रेनिङ्ग सुरु भएको छ l

नेपाल भरिका अबिबाहित तथा बिबाहित पुरुष र महिलाहरुलाई समेटेर सुरु गरिएको सौन्दर्य प्रतियोगितामा ३५ जना प्रतिस्प्रधी मोडेल हरुलाई छनौट गरिएको छ l आउदो पुष महिनाको पहिलो हप्ता तिर फिनाले गर्ने सोचका साथ सुरु गरिएको कोरियोग्राफी नेपाल्स फेस अफ द इयर २०१६का बिजेता दिवस धितालले गरेका छन् l

बृहत सौन्दर्य प्रतियोगिता “पामाकेयर नेपाल्स स्टार मोडल–२०१६” सिद्दि मिडिया प्रालिले पहिलो पटक नेपालमा आयोजना गर्दैछ l सम्पूर्ण नेपालीहरुको जात, भाषा,धर्म र सस्कृतिलाइ समेटेर आयोजना गर्न लागेको यस प्रतियोगितामा बिद्यार्थी, गृहणी, घरायसी, कामकाजी, शिक्षिक कर्मचारी ब्यबसायी हर तप्काका पुरुष र महिलाहरुले भाग लिने र यस प्रतियोगिता बाट फाइदा उठाउने भएका छन् l

प्रतियोगिताका लागि छनौट युवा युवतीहरुलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिदै छ भने जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, सेलिब्रेटी कलाकार र चर्चित मोडलहरु बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी सिद्दि मिडिया प्रालिका अध्यक्ष अमित शाहले गराए ।यस सौन्दर्य प्रतियोगीताले बिबाहित तथा अबिबाहित पुरुष र महिलाहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन ।

पामाकेयर नेपाल्स स्टार मोडल–२०१६को कोरियोग्राफी चर्चित मोडल, विभिन्न अन्य सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुली सकेका कोरियोग्राफर तथा फेस अफ द इयरका बिजेता दिवश धितालले गर्दैछनl

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!