एक्लै प्रशान्त महासागर डुङ्गाबाट पार गरेर कीर्तिमानी कायम गरे ८३ वर्षीय होरीले, भन्छन 'त्यो समय परिवारलाई धेरै सम्झिए' — OSNepal

एक्लै प्रशान्त महासागर डुङ्गाबाट पार गरेर कीर्तिमानी कायम गरे ८३ वर्षीय होरीले, भन्छन ‘त्यो समय परिवारलाई धेरै सम्झिए’

LC (KTM) June 05, 2022 0

काठमाडौँ – प्रशान्त महासागरमा एक्लै डुङ्गा चलाउने व्यक्ति हुन ८३ वर्षीय केनिची होरी । यो खबर हो जापानको । जापानका ८३ वर्षीय केनिची होरीले शनिबार आफ्नो यट ९डुङ्गा० मा एक्लै र बीचमा नरोकी प्रशान्त महासागरमा पार गरेर नयाँ कीर्तिमान बनाएका हुन् । केनिचीले ७० दिनमा ८५०० किमी दुरी यात्रा तय गरेर शनिबार बिहान अर्थात जुन ४ मा पश्चिम जापानको की तटमा ओर्लिएरसबैभन्दा वृद्धि व्यक्तिको कीर्तिमान बनाएका हुन् ।

यात्राको अनुभब सुनाउदै होरीले भने यात्रा त्यति सहज नभएको र यात्राको पछिल्लो तीन दिन समुन्द्र छालले दुःख दिएको बताए । परिवारका सदस्य उनको यात्रालाई लिएर धेरै चिन्तित भएकाले उनी हरेक दिन स्याटेलाइट फोनमार्फत परिवारसँग कुरा गर्ने गर्थे । कुनै दिन मैले परिवारलाई एक पटक फोन गरिन भने उनीहरू चिन्तित हुन्थे ।

त्यसैले म नबिराई फोन यात्रा पूरा गरेको होरीले बताए । सन् १९६२ मा उनी २३ वर्ष हुदाँ प्रशान्त महासागर एक्लै पार गरेका उनले त्यस बेला उनको नाममा विश्वमा पहिलो पटक, सबैभन्दा कान्छो मानिसले प्रशान्त महासागर एक्लै पार गरेको रेकर्ड बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर