हिसिला र करिश्मालाई दायाँ बायाँ राखेर बाबुरामले हेरे जात्रा

Posted By OS Nepal || Date: 2 December, 2016

jatra_baburam-bhattaraiकाठमाडौं – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रदिप भट्राई निर्देशित चलचित्र ‘जात्रा’ हेरेका छन् । उनले बिहिबार सुन्धारास्थित सिभिल मलको क्युएफएक्स चलचित्र भवनमा उनले पत्नी हिसीला यामी र पार्टी सदस्य तथा सदाबहार ब्युटी अभिनेत्री करिश्मा मानन्धरका साथमा हेरेका हुन् ।

आजबाट प्रदर्शनको चौथो सातामा प्रवेश यो चलचित्र नेपालका धेरैजसो नेता तथा कार्यकर्ता र उच्च ओहदाका ब्यक्तित्वहरुलाई पनि चलचित्र यूनिटले हलमानै लगेर देखाइरहेका छन् ।

रविन्द्रसिंह बाँनियाले निर्माण गरेको यो फिल्मले समसामयिक नेपाली कथालाई रोचक ढंगले पैसाको सेरोफेरोमा मध्यमबर्गीय नेपालीले भोग्दै आएको विषयबस्तुका माध्यमबाट कथा भनेका छन् । जसमा विपिन कार्की, रविन्द्र झा, निर्माता बाँनिया र नायिका बर्षा राउतले मुख्य भूमिका निर्वाह गरेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!