अमेरिकामा बाणिज्य प्रशासनमा मानार्थ बिद्या वारिधि उपाधी प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी — OSNepal

अमेरिकामा बाणिज्य प्रशासनमा मानार्थ बिद्या वारिधि उपाधी प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी

LC (KTM) June 05, 2022 0

काठमाडौँ । लामो समयदेखि रियल स्टेट ब्यवसायमा संलग्न नेपाली युवा ब्यवसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीवाट मानार्थ विद्याावारिधि पिएचडी उपाधी हासिल गरेका छन् ।

ब्यवसायी अर्यालले नेपाली समुदायमा रियल स्टेट ब्यवसाय मार्फत पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो पिएचडी उपाधी दिइएको युनिभर्सिटीले जनाएको छ ।

हरेक विधामा उत्कृट योगदान पुर्याउनेहरुलाई सो युनिभर्सिटीले पिएचडीको उपाधी प्रदान गर्दै आएको छ । बाणिज्य प्रशासनमा पिएचडी उपाधी प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यवसायी हुन । अमेरिकाको होम स्न्याप कम्पनीले गरेको सर्वेक्षणको शीर्ष ५ प्रतिशतमा अर्यालको नाम प्रकाशित भएको थियो । सोही आधारमा लिंकन विश्वबिद्यालयले उनलाई विद्यावारिधीको लागि छनौट गरेको थियो । छनोटमध्येबाट पनि विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीबाट सर्वसम्मत नम्बर वानमा छानिन सफल भए र यो उपाधिको हकदार बनेका हुन् ।

विद्यावारिधी उपाधी पाउनु गौरवको विषय भएको बताउदै ब्यावसायी अर्यालले आफूलाई यसवाट थप उत्साह र प्रेरणा मिलेको बताए । यो मेरो ब्यक्तिगत सफलता मात्र नभई नेपाल र नेपाली समुदायको कदर र सम्मान पनि हो, नेपाली समुदायको निम्ति अझ धेरै काम गर्ने प्ररणा मिलेको छ, अर्यालले भने ।

स्यानफ्रान्सिस्को विश्वबिद्यालयका सहप्राध्यापक डा टीका लम्सालले नेपाली व्यवसायीलाई विश्वबिद्यालयको बिद्यावारिधि उपाधि प्रदान गर्नु ब्यक्तिको मात्र नभई नेपाली समुदायको लागि निकै खुसि र गौरवको विषय भएको बताए । त्यस्तै बे एरियाका नेपाली समुदायका समाजसेवी अनिल पाण्डेले व्यबसायी अर्यालले उपाधि पाए लगत्तै खुशी व्यक्त गर्दै यो सफलता अनिलको मात्रै नभई सारा नेपालीको गौरवको विषय भएको उल्लेख गरे ।

सन् १९८७ मा गोरखामा जन्मेका अर्याल उच्च शिक्षा अध्ययनको लागि २००७ मा अमेरिकाको पश्चिम भर्जिनिया पुगेका थिए । उनले त्यहाँको माउण्टेन युनिभर्सिटी र पछि क्यालिफोर्निया स्टेट युनिभर्सिटी इष्टवेवाट वायोकेमेष्ट्री र बाणिज्य प्रशासनको अध्ययन पुरा गरेका गरेका थिए । सन् २०१६ देखि रियलस्टेट व्यवसायमा संलग्न अर्याल क्यालिफोर्नियामा सफल र नेपालीहरुविच लोकप्रिय युवा व्यावसायीको रुपमा परिचित छन् ।

उत्कृट ब्यवसायी भए वापत उनलाई सन् २०२१ मा इष्ट बे एशोसिएसन अफ रियल्टर्सले स्वर्ण पदक पुरस्कार सन् २०१७देखि २०२० सम्म टप प्रोड्युसर अवार्डवाट बारम्बार पुरस्कृत गरेको छ । अर्याल विगत ७ वर्षदेखि रियल स्टेट ब्यवसायमा संलग्न छन् । करिब डेढ दशकको अमेरिका बसाईका क्रममा नेपाल र नेपालीको सुख दुखमा साथ दिएका अनिल भन्छन् मैले मेरो मातृभूमिको शिर उपर गर्नका लागि अझै धेरै खुड्कीला हिँड्नु छ । ‘मैले अहिलेसम्म पाएको उपलब्धिको सम्पूर्ण श्रेय नेपाली समुदाय अमेरिका, मेरो अमेरिकामा रहेका परिवार र नेपालमा रहेका आफन्तजन र शुभचिन्तक तथा साथीभाईहरुमा सर्मपित गर्न चाहान्छु’ अनिल भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर