ईजरायलमा नेपाली विद्यार्थीहरु आधुनीक कृर्षी प्रणाली सिक्दै

Posted By OS Nepal || Date: 2 December, 2016

गोपाल सुवेदी, ईजरायल – कैलालीको अत्तरियाका डण्डिराज जोशी ३ महिना अघि ईजरायलले अबलम्बन गरेकोे आधुनिक कृषि प्रणाली अवलोकन गर्न आतुर थिए । उनले ईजरायलले अपनाएको कृर्षी प्रणाली र सफलताको बारेमा मात्रै सुनेका थिए त्यतीखेर । अहिले उनको सबै जिज्ञासा मेटिएको छ । उनी भन्छन्, “ जब म ईजरायल पुगे यहाको कृर्षी प्रणालीका बारेमा अध्ययन गरे साच्चै अचम्म लाग्यो । ” उनी मात्रै होईन १० महिने कृर्षी प्रशिक्षण कार्यक्रममा ईजरायल आएका विद्यार्थीहरु आधुनीक कृर्षी प्रणालीका बारेमा धेरै कुराहरु अध्ययन गर्ने मौका मिलेकोमा खुशी छन् । बर्दिया स्थीत सानोश्री तारातालका विजय पुनले व्यावसायीक कृर्षी प्रणालीको बारेमा धेरै कुराको ज्ञान हासील भईरहेको भन्दै नेपाल फर्केर केहि गर्ने योजना सुनाए । क्षेत्रफलका हिसाबले सानो मुलुक इजरायलले सिमित जग्गामा गरेको आधुनिक कृषि प्रणाली लोभ लाग्दो छ ।

कृर्षीलाई उच्च प्राथमिकता दिएको ईजरायलले सिमीत स्रोत साधनका बाबजुत पनि आश्चर्यजनक रुपमा विकास गरिहेको छ । ईजरायल भन्दा नेपाल प्राकृती दृष्टिकोणले सम्पन्न भएपनि कृर्षीमा परनिर्भरता बढीरहेको भन्दै धेरै युवाहरुले गुनासो गरे । उनीहरुले राज्यको उदासीनताका कारण समस्या सिर्जना भएको बताए । सेदोत नेगेभ एग्रीकल्चन टे«नीङ सेन्टरमा अध्ययन गरिरहेकि कैलालीकि बबीता सिंहले नेपालमा राज्यले नै बृहत कृर्षी योजना ल्याएर कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताईन् । विद्यार्थीहरुले कृर्षीमा राज्यको न्युन लगानी, वास्तविक किसान सम्म अनुदान एवम् राहत पुग्न नसक्नु विडम्बना भएको भन्दै कृर्षीलाई नै विकासको आधार बनाउन सबैको ध्यानाकर्षण हुनुपर्ने बताए । सेदोत मै अध्ययन गरिरहेका नविन जोशीले कृर्षीजन्य उत्पादनहरुको समयमै दरभाउ नतोकिनु र विचौलीयाका कारण वास्तविक किसानहरु मारमा परिरहेको बताए ।

दश महिनाको तालिमकै क्रममा विद्यार्थीहरु मासिक एक देखी डेढ लाखसम्म आम्दानी गरिरहेका छन् । बर्दिया भुरिगाउकि मिना थापाले भनिन्, “ धेरै मिहिनेत गर्नु पर्छ सिकाई संगै आर्थीक आम्दानी पनि भईरहेको छ ।” सातामा एक दिन शौद्धान्तीक रुपमा कलेजमा पढाई हुने गर्दछ भने एक दिन बिदा हुन्छ । अन्य ५ दिन भने काम गर्नुपर्दछ । कलेजमा २ जना गू्रप लीडर तोकिएका छन् । लीडर बिनोद संञ्जेल र सोनम तामाङले विद्यार्थीहरुको सहजताका लागी र समस्या समाधानका लागी समन्वयकर्ताको भुमिका निर्वाह गरिरहेका छन् ।

ईजरायल बसाईको क्रममा विभिन्न समस्याहरु प्नि सिर्जना हुने गरेका छन् । भाषाको समस्या प्रमुख रुपमा रहेको छ । सबैले अंग्रेजी नबुझ्ने भएका कारण काम गर्दा वा कुनै पनि कुराको बारेमा संचार गर्न विद्यार्थीहरुलाई समस्या हुने गरेको छ । कतीपय समुहका विद्यार्थीहरुको काम अनुसार पारिश्रमिक नपाएको गुनासो छ । उनीहरुले काम गर्ने फर्महरु संग सम्झौताको व्यवस्था गराउन, कामको मापदण्ड बनाउनका निम्ती पहल गर्न साना किसान विकास बैङ्कलाई सुझाब दिएका छन् । ईजरायल आउनु अघि काठमाण्डौ विश्वविद्यालयमा आयोजना गरिएको आधारभुत तालीम संग संगै हिबु्र भाषाको आधारभुत ज्ञान दिए अझ प्रभावकारीता बढ्ने समेत सुझाव दिएका छन् ।

विद्यार्थीहरुले ईजरायलबाट सिप सिकेर फर्कि सके पछि व्यवहारमा नल्याए त्यो सिपको प्रभावकारीता नहुने भन्दै सानाकिसान विकास बैंक र सम्बद्ध पक्षले यस तर्फ ध्यान दिनुपर्ने बताएका छन् । उनीहरुले नेपालमा कृर्षी विकासका लागी अझ बढी सम्भावना भएकाले व्यावसायीक रुपमा कृर्षीलाई अगाढि बढाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

साना किसान विकास बैंकले इजरायलका विभिन्न पाँचवटा कलेजसँग द्विपक्षीय सम्झौता गरेर नेपाली युवालाई इजरायल पठाउने गरेको छ । बैंकको ‘सिकाइ र कमाइ’ कार्यक्रम अन्तर्गत सन् २०१३ बाट यो कार्यक्रम शुरु गरेको हो । दश जोड दुई (प्लस २) गरेका २० देखि ३० उमेर भित्रका युवायुवतीले अध्ययनकन लागी आवेदन दिन पाउँछन् ।

15292687_1103108013135473_299100216_o 15303858_1103107273135547_468750405_o

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!