सिपी मैनालीले प्रधानमन्त्रीलाई बौलाहा कुकुरले टोकेको भनेपछि भयो संसदमा हंगामा

Posted By OS Nepal || Date: 2 December, 2016

CP Mainaliकाठमाडौँ- नेकपा मालेका महासचिव सचिव मैनालीले संसदमा बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बौलाहा कुकुरले टोकेका कारण संविधान संशोधन प्रस्ताव ल्याएको भनेपछि संसदमा चर्को हल्ला भएको छ ।

संसद बैठकको सुरुमा नै बोलेका मैनालीले तराईंलाई अलग गर्ने गरी संशोधन प्रस्ताव आएको छ’ त्यसैले कतै प्रधानमन्त्रीलाई बौलाहा कुकुरले त टोकेन रु भने पछि हल्ला भएको हो । मैनालीले यस्तो बोलेपछि सत्तारुढ दलका सांसदले नियमापत्ति जनाएका थिए ।

तर सिपीले जो सुकैलाई बौलाहा कुकुरले टोक्न सक्ने भएकाले नियमापत्ति गर्नु नपर्ने जवाफ फर्काएका थिए ।

सत्तारुढ दलका सांसदले मैनालीको भनाईको बिरोध गरेपछि सभामुख ओनसरी घर्तीले मैनालीले बोलेको शब्द रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् । बैठक आइतबारसम्मका लागि स्थगित भएको
छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!