बसको ठक्करबाट स्कुटी चालकको मृत्यु

Posted By OS Nepal || Date: 2 December, 2016

दाङ, १७ मङ्सिर । दाङको तुलसीपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज दिउँसो २ बजे सलतपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको बसले स्कुटीलाई ठक्कर दिँदा बिजौरी–९ बस्ने वर्ष २५ का विकास वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिनुभएको छ ।

ना ५ ख ७३१९ नं को बसले रा ३ प २७२३ नं को स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक वलीको उपचारको क्रममा अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!