डा. केसीको ज्यान भन्दा  आफ्नो पद ठूलो होइन भन्दै आइओएमका डिनले दिए राजीनामा

Posted By OSNepal, California, USA || Date: 2 December, 2016

singhaकाठमाडौँ- त्रिविभुन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन केपी सिंहले राजीनामा दिएका छन्।

केसीको जीवनभन्दा ठूलो आफ्नो पद नभएको भन्दै उनले राजीनामा दिएका हुन्। त्रिविले सिंहलाई २० दिनअघि आइओएमको डिनमा नियुक्त गरेको थियो ।

सोही नियुक्ति भएसँगै चिकित्सक डा गोविन्द केसीले डिन बर्खास्त गर्नुपर्ने माग राख्दै आमरण अनसन बसेका थिए ।

डा केसीको दशौँ आमरण अनसनको शुक्रबार २० औँ दिन हो ।डा केसीका तर्फबाट वार्ता टोलीका सदस्य डा लिजन महर्जनले डिन सिंहले शुक्रबार राजीनामा दिएको बताएका छन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!