संशोधनले अस्थिरता र अन्योल बढाउँछ: सचिव भट्टराई

Posted By OS Nepal || Date: 2 December, 2016

काठमाडौँ, १७ मङ्सिर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावले मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने बताउनुभएको छ ।yogesh-bhattarai-11

आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमालेका प्रचार विभागका प्रमुखसमेत रहनुभएका योगेश भट्टराईले तिनै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयनमार्फत लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको दिशातिर अघि बढ्नुपर्नेमा औचित्य र आवश्यकताबिनाको संशोधन बाँदरको घाउसरह हुन्छ भन्नुभयो ।

कार्यान्वयनको अभ्यासमै नगई सीमाङ्कनको हेरफेर गरिनु संविधानको भावनाविपरीत भएको भन्दै उहाँले एमालेले आन्दोलनबाट संविधान संशोधनको प्रस्ताव असफल बनाउने नीति लिने बताउनुभयो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!