रूपनी गाउँकार्यपालिका सदस्यमा जसपा र लोसपा विजयी — OSNepal

रूपनी गाउँकार्यपालिका सदस्यमा जसपा र लोसपा विजयी

LC (KTM) June 05, 2022 0

सप्तरी, २२ जेठ:

रुपनी गाउँपालिकाको गाउँकार्यपालिका सदस्य पदमा जसपा र लोसपाका उम्मेदवारहरू विजयी भएका छन् । दलित वा अल्पसंख्यक खुलf सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका मुकेशकुमार कर्णले २२ मत र जनता समाजवादी पार्टीका नविना खवासले २१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनीहरूको निकटतम प्रतिद्वन्द्वीहरू नेकपा माओवादीका देवलाल मालीले सात, भुवनेश्वर इसरले सात र नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार इसरले पाँच मत प्राप्त गरेका थिए ।यसैगरी, महिला सदस्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका पुनिताकुमारी मण्डलले २४, अनारदेवी पासवानले २३ जनता समाजवादी पार्टीका पुनमदेवी रजक २३ र रामकुमारी सदाले २२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनीहरूका निकटतम प्रतिद्वन्द्वी माओवादीका गुलावदेवी साफी सात मत, दानावती देवी साहले सात मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय रुपनीले जानकारी दिएको छ।

दलित वा अल्पसंख्यकतर्फ दुई पदका लागि पाँच जना र महिलातर्फ चार पदको लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । गाउँकार्यपालिका पदका लागि शनिबार सम्पन्न मतदानमा जसपा र लोसपाका उम्मेदवार निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर