संगीतकार कालीप्रसाद बासकोटाले दिए काठमाडौंमा प्रस्तुति — OSNepal

संगीतकार कालीप्रसाद बासकोटाले दिए काठमाडौंमा प्रस्तुति

LC (KTM) June 06, 2022 0

काठमाडौं, २३ जेठ:

कोभिड महामारीपछि पहिलोपटक गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले काठमाडौंमा आफ्नो प्रस्तुति दिएका छन् । गत शनिबार दरबारमार्गस्थित क्लब प्लाटिनममा उपस्थित उनले ‘कालीप्रसाद बासकोटा लाइभ’मा आफ्ना लोकप्रिय गीत सुनाए ।

कालीले आफ्नो प्रस्तुति दिनुअघि गायक उदिपध्वज थापाले गीत गाउँदा उनलाई गितारमा चन्दनध्वज केसीले गितार तथा स्वर र पुरस्कार खड्काले गितारमा साथ दिएका थिए ।

रातिको ११ बजे स्टेजमा देखिएका कालीले ‘हेराईका थलहरु’सहित कुल ११ वटा आफ्ना गीत गाएका थिए । उनले ‘साइली’, ‘नाँचन मैया नाँचन’ गीत गाउँदा उनको गीत सुन्न अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत, संगीतकार न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी, निर्देशक अनमोल गुरुङ, हेमराज बिसी, गायक सनुप पौडेल र निर्देशक आसिफ शाह उपस्थित थिए ।

कार्यक्रममा निश्चलले कालीसँगै फिल्म ‘कबड्डी कबड्डी’को ‘नाँचन मैया नाँचन’ बोलको गीत गाएका थिए ।

यसै महिना नयाँ गीत ल्याउन लागेका गायक उदिपध्वजले एकै स्टेजमा कालीसँगै गीत गाउन पाउँदा खुशी लागेको बताए । पोजेटिभ भाइब्स इन्टरटेनमेन्टका प्रस्तुति र सुमन एम श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा दर्शक निकै रमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर