बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु — OSNepal

बारामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

LC (KTM) June 06, 2022 0

बारा, २३ जेठ :

बाराको परवानीपुर गाउँपालिका–४ मा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत घर भएकी ५५ वर्षीया गनजली देवी कोइरनी रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको हो ।

चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००४ प ४२०० नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी कोइरनीलाई आज बिहान १० बजे ठक्कर दिएको हो ।

मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय परवानीपुरले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर