सर्वसाधारणलाई शेयर जारी गर्दै आदर्श लघुवित्त — OSNepal

सर्वसाधारणलाई शेयर जारी गर्दै आदर्श लघुवित्त

LC (KTM) June 06, 2022 0

काठमाडौँ, २३ जेठ -आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी असार १ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुल्ला गर्ने लागेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ६२ हजार ६१५ कित्ता शेयर बिक्री गर्ने प्रायोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार कूल ६७ हजार कित्ता शेयरमध्ये एक हजार ३५ कित्ता कम्पनीका कर्मचारी र निष्कासनको पाँच प्रतिशतले हुने तीन हजार ३५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी ६२ हजार ६१५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

निष्काशन गरिने शेयरमा इच्छुक लगानीकर्ताले छिटोमा आगामी असार ६ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा माग बमोजिम आवेदन नआए असार १५ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने सार्वनजिक सूचनामा उल्लेख छ ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरनपी बी प्लस आईएस्’ ग्रेडिङ प्रदान गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर