नवलपरासीको जिल्ला अदालतमा गोली चल्यो — OSNepal

नवलपरासीको जिल्ला अदालतमा गोली चल्यो

LC (KTM) June 06, 2022 0

बुटवल २३ जेठ । जिल्ला अदालत परिसरमा गोली चलेको छ । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा अंश मुद्दाको विवादमा गोली चलेको हो ।

जिल्लाको झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नै काकी रोशनी यादवलाई लक्षित गोली चलाएका हुन् ।

तथापी, गोली भने कसैलाई नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोली चलाएर फरार रहेका हर्षरामको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यी दुई बिच आज सोमबार अदालतमा मिलापत्र गर्ने तयारी समेत भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर