भूमि व्यवस्थालाई सुधार्ने भन्दा पनि यहाँ त! केही मान्छेको भुँडी सुधार्ने गरी बजेट ल्याइयो :शान्ता चौधरी — OSNepal

भूमि व्यवस्थालाई सुधार्ने भन्दा पनि यहाँ त! केही मान्छेको भुँडी सुधार्ने गरी बजेट ल्याइयो :शान्ता चौधरी

LC (KTM) June 06, 2022 0

काठमाडौं २३ जेठ । नेकपा एमालेकी सचेतक शान्ता चौधरीले भूमि व्यवस्थालाई सुधार्ने भन्दा केही मान्छेको भुँडी सुधार्ने काम मात्र भएको टिप्पणी गरेकी छन् ।

सोमबार प्रतिनिधिसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको विभिन्न शिर्षकको बजेटमाथिको छलफलमा भाग लिँदै सचेतक चौधरीले यस्तो टिप्पणी गरेका हुन् ।

बजेटमा गरिवलाई परिचय पत्र वितरण गर्ने उल्लेख गरिएको भएपनि त्यसलाई कहिलेबाट सुरु गर्ने भन्ने कुरा नखुलाइएको प्रति आपत्ती जनाएकी उनले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।

‘अब भूमिहीन सुकुम्बासीलाई चाहीँ हामी ३ वर्षमा गर्छौँ भनेर बजेट भाषण र नीति तथा कार्यक्रममा पनि सुनियो। तर, मन्त्रालयबाट आउँदा चाहीँ २ वर्ष गरि सकिनेछ भन्ने आयो। यो भन्दा अगाडिको सरकारले सबै काम सकिसकेको थियो । लालपूर्जा बाँडन बाँकी थियो।’उनले भनिन् ।

यो आयोगले मात्र कार्यकर्ता भर्ती गर्ने र जनतालाई छारो हाल्ने काम गरेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर