मन्त्री बन्ने आशमा बसेका जीवनरामले भने- शपथ ग्रहणमा केही प्राविधिक समस्या भएको हो,त्यो मिलाउने काम भइरहेको छ — OSNepal

मन्त्री बन्ने आशमा बसेका जीवनरामले भने- शपथ ग्रहणमा केही प्राविधिक समस्या भएको हो,त्यो मिलाउने काम भइरहेको छ

LC (KTM) June 06, 2022 0

काठमाडौं २३ जेठ । नेकपा एकिकृत समाजवादी सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएपछि नयाँ मन्त्रीको सुचीमा परेकाजीवनराम श्रेष्ठ मन्त्री बन्ने आशमा बसेका छन् ।

सोमबार बसेको शिर्ष नेताहरुको बैठकले बजेट पारित नभएसम्म नयाँ मन्त्रिपरिषद् विस्ता नगर्ने सहमति जुटाएपछि नेकपा एसले पुरानै मन्त्रीलाई निरन्तरता दिएको छ ।

यता आइतबार पार्टीको सचिवालय बैठक ले नयाँ चार मन्त्रीको नाम प्रधानमन्त्री शेबहादुर देउवालाई पठाएको थियो । जसमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसी नाम परेको थियो ।

तथापी, नयाँ मन्त्री बन्ने आशमा उनीहरु भने पार्टीको निर्णय कार्यान्वयन हुने भन्दै आएका छन् । मन्त्री बन्ने लाइनमा बसेका जीवनराम भने पार्टीले गरेको निर्णय कार्यान्वयन र जे निर्णय भएको थियो त्यही हुन्छ, अरू केही नहुने बताएका छन् ।

शपथ ग्रहणमा केही प्राविधिक समस्या भएको र त्यो मिलाउने काम भइरहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर