नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’मा भारतिय नायिका जुही चावलाले मागिन् आमाको भुमिकाको लागी १ करोड — OSNepal

नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’मा भारतिय नायिका जुही चावलाले मागिन् आमाको भुमिकाको लागी १ करोड

LC (KTM) June 06, 2022 0

काठमाडौं :

अभिनेत्री नीता ढुंगानाको महत्त्वाकाङ्क्षी प्रोजेक्ट ‘ह्रस्व दीर्घ’ मा दक्षिण भारतीय कलाकारहरू प्रदीप रावतपछि सुनिल बर्माले पनि अभिनय गर्ने भएका छन् ।

प्रदीप गजनीका खलनायक हुन भने सुनिल पुष्पाका खलनायक । यहि बिचमा उनले बलिउडकै कुनै समयकी चर्चित नायिका जुही चावलालाई भित्र्याउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको बताइएको छ ।
हिरोकी आमाको भूमिकामा अभिनयको प्रस्ताव गर्दा उनले झण्डै १ करोड मागेको र उक्त रकम नीताले दिन नसक्ने भएपछि नीता पछि हटेको बताइएको छ ।

चलचित्रमा हिरोकी आमाको भूमिका शक्तिशाली भएकाले यसमा उनले अब नेपालकै अघिल्लो पुस्ताकी कुनै नायिकालाई अनुबन्धित गर्न सक्ने बताइएको छ । चलचित्रको निर्देशन चन्द्र पन्तले गर्दै छन् । चलचित्रमा नीता र उनका रियल जोडी हरिहर अधिकारीको मुख्य भूमिका रहने छ । यो जोडील असार २४ गते बिहे र्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर