जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पार्टी फोडेर गएका लोकतान्त्रिक समाजवादीलाई एकतामा आउन गरे आह्वान — OSNepal

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पार्टी फोडेर गएका लोकतान्त्रिक समाजवादीलाई एकतामा आउन गरे आह्वान

LC (KTM) June 07, 2022 0

काठमाडौ २४ जेठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् ।

पार्टीको बैठकमा सहभागी हुन जनकपुरधाम आएका यादवले पार्टी फुटेर मधेश र जनतालाई मात्र नोक्सान भएको भन्दै एकतामा आउन आह्रान गरेका हुन् ।

विगतको कदमलाई सच्याएर समिक्षा गर्दै पुनः मिल्न सकिने बताएका उनले महन्थ ठाकुरजी जसपाबाट अलगिएर के पाउनु भो थाहा भएन , महन्थ ठाकुरजीले किन जसपा फोड्नुभो थाहा नभएको बताएका उनले भने ,’उहाँहरूलाई केही भेटिएन । मात्रै मधेशलाई नोक्सान भयो, जनतालाई नोक्सान भयो । त्यसलाई समीक्षा गर्दै सच्याउँदै आउनुस्, सँगै मिलेर काम गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर