अछाम घटना अक्षम्य छ दोषीलाई कडा कारवाही गरिनुपर्छ : गगन थापा — OSNepal

अछाम घटना अक्षम्य छ दोषीलाई कडा कारवाही गरिनुपर्छ : गगन थापा

LC (KTM) June 07, 2022 0

काठमाडौं २४ जेठ । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले अछाम घटना अक्षम्य भएकोले दोषीलाई कडा कारवाही गरिनुपर्ने बताएका छन् ।

मंगलबारको संसद बैठकमा महामन्त्री थापालेअछामको पञ्चदेवल गाविसमा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

गत जेठ १७ गते वेपत्ता भएका अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षीय विनोद शाही शनिबार बिहान घरनजिकैको जंगलमा मृत भेटिएका थिए।

उक्त घटनाको अनुसन्धान हुनुपर्ने भन्दै स्थानीय आन्दोलित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर