पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुन्छ, प्रधानमन्त्रीले समय मागेकाले मन्त्री हेरफेरको काम रोकिएको हो : माधव नेपाल — OSNepal

पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुन्छ, प्रधानमन्त्रीले समय मागेकाले मन्त्री हेरफेरको काम रोकिएको हो : माधव नेपाल

LC (KTM) June 07, 2022 0

काठमाडौं २४ जेठ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले केहि समय मागेका कारण मन्त्री हेरफेरको काम रोकिएको बताएका छन् ।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी पुगेका अध्यक्ष नेपालले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री समक्ष पुगिसकेकाले छिट्टै हुन्छ भन्ने आशा आफुले राखेको बताएका छन् ।

पार्टीले गरेको निणर्य प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा भएको भन्दै नेपालले भने , ‘टिम परिवर्तन गरी नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि यसो मिलाउनुपर्नेछ त्यसका लागि केही समय दिनुस् भनेर आग्रह गर्नुभएको छ, नमान्ने कुरै छैन । ‘

आइतबार नेकपा एसले , सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्रील समक्ष पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर