अस्ट्रेलिया को सिड्नी मा नमस्ते नेपाली रेस्टुरेन्ट को नया शाखा १ जुलाई मा ओपनिङ्ग हुदै, उपस्थितिको लागि अनुरोध — OSNepal

अस्ट्रेलिया को सिड्नी मा नमस्ते नेपाली रेस्टुरेन्ट को नया शाखा १ जुलाई मा ओपनिङ्ग हुदै, उपस्थितिको लागि अनुरोध

LC (KTM) June 28, 2022 0

बिगत १४ वर्ष देखि अस्ट्रेलियाको सिड्नीमा बस्दै आउनु भएका गम्भीर सापकोटा, अध्ययनको शिलशिलामा २००६ मा अस्ट्रेलिया आउनु भएको थियो। भरतपुर चितवनमा जन्मिनु भएका सापकोटाको बिद्यार्थी जीवन अन्य बिद्यार्थी जस्तै रहेको तर जीवनमा केहि गर्नु पर्छ भनेर भावी योजना सहित कार्य गर्दै गर्दा यो पोजिसन सम्म आउन सफल भएको ओएस नेपाल सगको कुराकानीमा जानकारी दिनु भएको थियो। कुकरी अध्ययन गरेका सापकोटाले २०१८ मा अस्ट्रेलियाको स्टारफिल्डमा नमस्ते नेपाली रेस्टुरेन्ट खोलि नेपाली परिकारको स्वाद पस्किन सुरु गर्नु भएको थियो।

उक्त रेस्टुरेन्टमा नेपाली मात्र नभई अन्य ग्राहकहरुले नेपाली परिकारको स्वाद लिन भिडभाड भएको देख्दा , अब मैले अर्को रेस्टुरेन्ट नेपाली समुदायमा पस्किनु पर्छ भन्दै अस्ट्रेलियाको एसफिल्डमा र सिड्नी नया ब्रान्ज खोलिएको जानकारी दिनु भएको थियो। अस्ट्रेलिया को मुख्य शहर सिड्नी मा पनि तेस्रो ब्रान्च खोल्ने तयारी सबै पुरा भैसकेको र १ जुलाई मा ओपनिङ्ग हुने ओएस नेपाल टिम लाई जानकारी दिनु भएको थियो l यदि सिड्नी नजिक हुनु हुन्छ भने आउदो १ जुलाई ओपनिङ्गको दिन उपस्थीति भइ थप हौसला र सपोर्ट गर्नु हुनेछ भन्ने मा आशावादी रहेको जानकारी दिनु भएको थियो।

हाल १२ जना लाइ रोजगारी दिइरहनु भएका गम्भीरले , पारिवारिक जमघटमा नेपाली परिकारको स्वाद दिने मुख्य उदेश्य रहेको जानकारी दिनु भएको थियो । भविष्यमा कलाकारको सम्मान स्वरुप नया योजना र हाल रेस्टुरेन्टमा क्यरोकी सांगेतिक वातावरण राखिएको ओएस नेपाल लाइ जानकारी दिनु भएको थियो l भर्खर मात्र चितवनको भेटघाट को स्वाद को तास सुरु गर्नु भएका सापकोटाले नेपाली समुदाय मात्र नभई अन्य समुदायमा नेपाली खानाको प्रोमोशन गर्न पाउदा खुसि लागेको बताउनु भएको थियो l

मैले नेपाली समुदायमा सकेको सहयोग गरि रहेको छु र सम्पूर्ण नेपाली बिद्यार्थी भाई बहिनिहरु लाई धर्यता र संयम भएर आफ्नो उदेश्य मा निड हुन् अनुरोध गर्नु भएको छ । यदि नेपाली बिद्यार्थी भाई बहिनि हरु काम खोजि रहनु भएको छ र रेस्टुरेन्ट मा काम गर्न इच्छुक हुनु हुन्छ भने शिघ्र सम्पर्क गर्न आग्रह गर्नु भएको थियो। थप जानकारी को लागि ०४२०२५३१३४ मा सम्पर्क नम्बर मा सम्पर्क गरि जानकारी लिनु सक्नु हुनेछ l श्रीमती साबि काफ्लेको सम्पूर्ण कार्य पछाडी बिशेष रोल रहेको र सबैले आफ्नो जन्म दिने र कर्म दिने व्यक्ति प्रति सदैभ हृदय देखि संम्मान गर्नु हाम्रो कर्तब्य रहेको जानकारी दिनु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर