मुलुकमा सर्वसुलभ र गुणस्तरीय सञ्चार सेवा प्रदान गरिने– मन्त्री कार्की

Posted By OS Nepal || Date: 8 January, 2017

पोखरा, २४ पुस । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल टेलिकमको पूर्वाधार र सक्षम जनशक्तिलाई भरपुर उपयोग गरेर मुलुकको दूरदराजका जनतासम्म सर्वसुलभ र गुणस्तरीय सञ्चार सेवा पु¥याउनुपर्ने बताउनुभएको छ ।नेपाल टेलिकमद्वारा पोखराको छिनेडाँडामा निर्माण गरी सञ्चालनमा आएको टेलिफोन एक्सचेन्जको आज यहाँ उद्घाटन गर्दै उहाँले सञ्चार सुविधाको लागि आकाशमा आफ्नै भू–उपग्रह राख्न लागिएको जानकारी दिनुभयो । जमिन र पानीभन्दा पनि आकाश महँगो हुँदै गएको वर्तमान अवस्थामा नेपालको आफ्नो भू–उपग्रह नहुँदा वार्षिक अर्बौं अमेरिकी डलर विदेसिने गरेको बताउनुभयो ।

सञ्चारले पर्यटन विकासको महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मन्त्री कार्कीले नेपालको धर्तीमा जस्तै आकाशमा पनि आफ्नै भू–उपग्रह राखेर सूर्यचन्द्र अङ्कित रातो झन्डा फहराउने तयारी भइरहेको उल्लेख गर्नुभयो । नेपाल टेलिकमले नयाँ प्रविधिअनुरुपको गुणस्तरीय सेवा जनतालाई प्रदान गर्नुपर्ने बताउँदै उहाँले मुलुकको विकास निर्माणलाई सञ्चारसँग जोड्नुपर्ने बताउनुभयो । नेपाल सरकारको प्रवक्ता समेत रहनुभएको मन्त्री कार्कीले मुलुकका भाषा, धर्म, संस्कृति, वेशभूषा र चाडपर्व सबै जातजातिका साझा धरोहर हुन् भन्दै उहाँले यिनको संरक्षण, संवद्र्धन र विकासमा सबै जुट्न आवश्यक रहेको छ भन्नुभयो ।

व्यवस्थापितका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले नेपाल टेलिकमले समयसापेक्ष गुणस्तरीय सर्वसुलभ सेवा प्रदान गर्दै मुलुकलाई फ्रि वाइफाइ जोन बनाएर पर्यटन आकर्षण बढाउनुपर्ने बताउनुभयो । नेपाल टेलिकमका प्रमुख निर्देशक कामिनी राजभण्डारीले टेलिकमले नवीनतम् प्रविधिको उपयोग गर्दै मुलुकमा विसं १९५५ देखि सञ्चार सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

समाज सुधार आमा समूहको भवनमा जडान गरिएको उपकरणबाट मल्टिसर्भिस एसेस गेटवय जडान गरी हाल सो क्षेत्रमा ३५२ लाइन विस्तार गरिएको छ भने ९६ वटा एडिएसल लाइन क्षेमता रहेको इन्जिनियर सुरेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ७५० लाइन क्षमता रहेको सो उपकरणबाट भविष्यमा भ्वाइस डाटा र भिडियो सेवासमेत सञ्चालन गर्न सकिने छ । पोखरा र आसपासमा यस्ता उपकरण एक हजारभन्दा बढी जडान गरिसकिएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!