अनेरास्ववियु पब्लिक युथ क्याम्पस द्वारा विध्यार्थि हरुलाई बैंकिङ तालिम प्रदान

Posted By OSNepal, California, USA || Date: 10 January, 2017

ओएसनेपाल – अनेरास्ववियु पब्लिक युथ क्याम्पसले नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहको उपस्थितीमा सोही क्याम्पसका विध्यार्थि हरुलाई बैंकिङ तालिमप्रदान गरेको छ । पौष १७ गते देखि सञ्चालित बैंकिङ तालिमको आठौं दिन सोमबार नेपाल बैंकर्स संघ एवम् मेघा बैंकको सिईओ अनिल केशरी शाहले समग्र बैंकिङ प्रणाली र नेपालमाआर्थिक संमृद्धिका लागिआमयुवा र नेपालीको भुमिकाको विषयमाकक्षालिएकाथिए ।

उक्ततामिमा बैंकर्स संघका अध्यक्ष शाहले नेपाल संम्भावनै संभावनाको खानि रहेको तर नेपालीले त्यो संम्भावनालाई अझै चिन्न नसेको बताए । ‘नेपालमा सबै थोक पाईन्छ’ उनि भन्छन्, ‘तर यहाा इच्छाशक्ति पाउनगाह्रो छ ।’

उनले उक्ततालिममा नेपालका नेताहरुको मात्र कमजोरी नभई सबैको कमजोरी भएको हुनाले विकास हुन नसकेको बताए । शाहले तालिममा नेपालको नेतृत्व पंतिले र पब्लिकले समेत बोल्ने मात्र तर काम नगर्ने बताए । उनले नेताहरुको बोलिलाई उदृत गर्दैभने ‘म नेपाललाई सिङ्गापुर भएको होईन सुन्दर र विकशित भएको हेर्न चाहन्छु ।’

उक्त तालिममा शाहले विध्यार्थिलाई आफ्नो रुचिअनुसार पेशा व्यवसायमा लाग्न समेत सुझाबदिए । उनले सोही कार्यक्रमा उठेका जिग्यासा मेट्ने कोसिस पनि गरेका थिए ।

५ सय भन्दा बढी उपस्थिती रहेको सो तालिम पौष २९ गते सम्म चल्ने छ र सो अवधिमा बैंकिङ तालिम संगै शेयर बजार, उत्प्रेरणा र नेतृत्व विकासको तालिमदिने अनेरास्ववियुका पब्लिक युथ क्याम्पसका नेता नारद मुनि सिग्देलले बताए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!