स्याङ्जाको कफी जापानमा

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

काठमाडौं, पुस २७- स्याङ्जामा उत्पादित कफी जापान निर्यात हुने क्रम बढेको छ ।
बिगतका बर्षमा १० टन कफी जापान निर्यात हुदै आएकोमा चालू बर्षमा १५ टन पुर्याउने लक्ष्य राखिएको छ ।

जापानमा कफी उत्पादन नहुने र अन्य मुलुकबाट आयातित कफीको तुलनामा नेपाली कफीको माग बढेपछि निर्यात बढ्ने भएको हो ।

कफी जापान निर्यात हुन थालेपछि कफी खेतीप्रति कृषकको आकर्षण बढ्दा उत्पादनमा समेत वृद्धि भएको छ ।
गत बर्ष झन्डै ४१ टन ड्राई पार्चमेन्ट कफी उत्पादन भएकोमा यस बर्ष उत्पादन वृद्धि भएर ५० टन पुग्ने भएको छ ।

फ्रेस चेरी २ सय टनबाट बढेर २ सय ५० टन पुग्ने जिल्ला कफी व्यवसायी संघले जनाएको खबर आजको कारोबारमा छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!